Homestay Management Training Launched in Naichal to Promote Local Tourism

सुर्यबिनायक नपा-८, नैचालमा ७ दिने होमस्टे व्यवस्थापन तालिम सुरु
भक्तपुर, जेष्ठ २१ गते
सुर्यबिनायक नगरपालिका, कटुन्जे, भक्तपुरको आयोजनामा र ओभरअल डेभलपमेण्ट नेटवर्क प्रा.लि., भक्तपुरको सहकार्यमा सुर्यबिनायक नगरपालिका–वडा नं. ८, नैचालमा ७ दिने होमस्टे (घरवास) व्यवस्थापन तालिम सुरु भएको छ।
तालिम आज मिति २०८२ साल जेष्ठ २१ गतेदेखि सुरु भई जेष्ठ २७ गतेसम्म सञ्चालन हुनेछ। तालिममा विशेषगरी तामाङ समुदायका स्थानीय बासिन्दाहरूको सहभागिता रहेको छ। डोलेश्वर महादेव र आशापुरी महादेवजस्ता धार्मिक पर्यटकीय स्थलको बीचमा रहेको नैचाल क्षेत्रलाई होमस्टे मार्फत पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यसहित तालिम आयोजना गरिएको हो।
तालिमले स्थानीय बासिन्दाहरूलाई पर्यटकमैत्री होमस्टे सञ्चालनका लागि आवश्यक ज्ञान, सीप तथा व्यवहारिक अभ्यास प्रदान गर्नेछ। कार्यक्रमले समुदायमा रोजगारी सिर्जना गर्नुका साथै स्थानीय संस्कृति, रहनसहन र पहिचान प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सुर्यबिनायक नगरपालिकाका अनुसार यो तालिम नै नगर क्षेत्रभित्र सञ्चालन भएको पहिलो होमस्टे तालिम हो। सहभागीहरूलाई आतिथ्य सत्कार, सरसफाइ, स्थानीय परिकार तयारी, पर्यटकहरूसँग व्यवहार लगायतका विषयमा विस्तृत जानकारी दिइनेछ।
कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष, नगरपालिकाका पदाधिकारी, ओभरअल डेभलपमेण्ट नेटवर्कका प्रतिनिधि तथा पर्यटन तथा विकाससँग सरोकार राख्ने विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 / 

Select menu by going to Admin > Appearance > Menus

Sign in

Send Message

My favorites