हाम्रो बारेमा

होमस्टे (घरबास) एशोसिएसनको परिचय

नेपाल सरकार सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारा गाउँ विकास समितिको आयोजनामा प्रथम होमस्टे कार्यशाला गोष्ठी (कपन, २०६७) र दोश्रो होमस्टे कार्यशाला गोष्ठी (पोखरा, २०७०) को पहल स्वरुप देशभर दर्ता भएका होमस्टेहरुका करिब २०० जना प्रतिनिधिहरुको भेलाबाट मिति २०७० असार २९ र ३० गते पोखरामा यस होमस्टे (घरबास) एशोसिएसन नेपालको तर्दथ कमिटी गठन भएको थियो । देशभरका होमस्टेहरुको सेवाको गुणस्तरीयतामा वृद्धि, एकरुपता, प्रवद्र्धन, विकास, बजारीकरण एवम् हक हितका कार्यक्रम सञ्चालन गर्दै नेपालको ग्रामीण तथा सहरी पर्यटन विकास गर्ने यस एशोसिएसनको उद्देश्य रहेको छ । होमस्टेको माध्यमबाट पर्यटन व्यवसायलाई सीमान्तकृत जनसमुदायको जीवनस्तर उकास्न, साँस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण गर्न, पर्यापर्यटन, जैविक विविधता, दुर्लभ वन्यजन्तु संरक्षण गर्न र दिगो जीविकोपार्जन लगायत सम्पूर्ण देशकै विकासका लागि होमस्टे कार्यक्रमले नेपालका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने हाम्रो विश्वास रहेको छ । यस विश्वासलाई साकार रुप दिन होमस्टे (घरबास) एशोशिएशन नेपालले आगामी दिनमा आफ्ना महत्तत्वपूर्ण योजनाहरु सञ्चालन गर्दै नेपालको होमस्टे अभियानलाई प्रभाबकारी र गुणस्तरीय ढङ्गले तिब्र विकास गर्ने उद्देश्य लिएको छ ।