सञ्चालनमा रहेका परियोजनाहरू (Ongoing Projects):
- दिगो परियोजना अन्तर्गत समुदायमा आधारित कोचिंग कार्यक्रम
- उद्देश्य:
- स्थानीय अर्थतन्त्रको सबलीकरण: ग्रामीण क्षेत्रमा रोजगार र आयआर्जनका अवसर सिर्जना गरी युवा पलायन रोक्नु तथा स्थानीय उत्पादन (कृषि, हस्तकला) को बजारीकरण गर्नु।
- सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण: स्थानीय संस्कृति, परम्परा, भेषभूषा, र खानपानको जगेर्ना गर्नुका साथै प्राकृतिक स्रोतहरूको दिगो प्रयोग र वातावरण संरक्षण गर्नु।
- सामुदायिक सशक्तीकरण: महिला, जनजाति तथा सीमान्तकृत समुदायलाई पर्यटन व्यवसायमा प्रत्यक्ष सहभागी गराई नेतृत्व र व्यवस्थापन क्षमता अभिवृद्धि गर्नु।
- दिगो पर्यटन (Sustainable Tourism) को प्रवर्द्धन: जैविक विविधता र पर्यावरणमा असर नपर्ने गरी उत्तरदायी एवं वातावरणमैत्री पर्यटन सञ्चालन गर्नु।
- गुणस्तरीय सेवा र क्षमता विकास: होमस्टे सञ्चालकहरूलाई आतिथ्य सत्कार (Hospitality), सरसफाइ, र व्यवस्थापनसम्बन्धी तालिम दिएर पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्नु।
- डिजिटल होमस्टे साक्षरता तथा प्रवर्द्धन अभियान:
- उद्देश्य: ग्रामीण क्षेत्रका होमस्टेहरूलाई डिजिटल प्रविधिसँग जोड्ने।
- मुख्य गतिविधि: अनलाइन बुकिङ, डिजिटल भुक्तानी (QR/Online Payment), र सामाजिक सञ्जालमार्फत बजारीकरण सम्बन्धी क्षमता अभिवृद्धि।